जसपाको महाधिवेशन सुरु

35

काठमाडाैं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन  सुरु भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले सोमबार दिउँसो पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशनमा शुभकामना राख्दै मधेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जसपाकै आन्दोलनको जगमा देशमा संघीयता र समावेशीकरण आएको बताए । उनले अहिले संघीयतालाई समाप्त पार्ने खेल भइरहेकाले सबै दल सजग हुनुपर्ने जनाए ।

महाधिवेशनको उद्घाटन समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, राष्ट्रि स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here