नेपालले टी- २० विश्वकपकाे अन्तिम खेल बंगलादेशसित भिड्दै

31
ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौं । नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ ।

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।

यस समुहमा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ ।  त्यस्तै भोलि बिहान हुने नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here