बजारमा सुनकाे भाउ बढ्याे

29

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ।

तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ।

चाँदीको मूल्य भने स्थिर छ। चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here