कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालकसहित ४ जना पक्राउ

28

काठमाडौं ।  कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरिएको स्रोतले बताएको छ।

आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ। थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन्। सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ।

थापा संलग्न कृषि सहकारीको पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ। समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका २९ सहकारी संस्थाको नाममा उक्त सहकारीको नाम उल्लेख गरिएको छ।

बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरिएको स्रोतले जनाएको छ।

आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ। थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन्। सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ।

थापा संलग्न कृषि सहकारीको पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ। समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका २९ सहकारी संस्थाको नाममा उक्त सहकारीको नाम उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here