ड्राइभको पुरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक

45

काठमाडौं । डिजिटल वालेट आइएमई पेले राइड सेयरिङ एप इन–ड्राइभका चालकहरूको लागि ‘५ मा १००–इन–ड्राइभको पुरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

यो योजना विशेष रूपमा इन–ड्राइभ चालकहरू र उनीहरू मार्फतका  सेवाग्राहीहरूलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको हो ।

मङ्सिर ९ गतेदेखि फागुन ९ गतेसम्म (३ महिना)को लागि लागू हुने यस योजनामा आइएमई पे एपबाट इन–ड्राइभ एपमा टप–अप गर्ने चालकहरूले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरू गरेर आफूले इन–ड्राइभलाई तिर्नुपर्ने कमिसन १०० प्रतिशत फिर्ता पाउन सछन् ।

साथै तोकिएको कारोबार वा भुक्तानीहरू रे बापत १०० रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ । चालकहरूले योजना अन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नुपर्ने हुन्छ ।

१. नयाँ ग्राहकहरूलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन–इन गराए बापत ७५ रुपैयाँसम्म बोनस

२. यात्राको भुक्तानी क्युआर वा वालेट ट्रान्सफरमार्फत आफ्नै आइएमई पे एपमा लिँदा १० रुपैयाँ बोनस (प्रति दिन)

३. डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्दा १० रुपैयाँ बोनस (प्रति दिन)

४. भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्दा १० रुपैयाँ बोनस (प्रति दिन)

५. मोबाइल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्दा १० रुपैयाँ बोनस (प्रति दिन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here