काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ अमरसिह चोकस्थित टहरामा दोलखा कालिन्चोक गाउँपालिका-९ घर भएका ४९ वर्षीय शान्त प्रशाद सेढाईको कपुरकोट महादेब फर्निचर एण्ड फर्निसिङ पसल र पाँचथर घर भएका ४० वर्षीय राज भक्त राईको किराँत एकुरेम लगायत अन्य सहायक सामाग्री पसल समेतमा गए राति आगलागी हुँदा करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिन्धुली, दुधौली नगरपालिका-९ दुधौली बजारस्थित सोही नगरपालिका-८ खाडीपारी बस्ने ३० वर्षीय वसन्त खड्काको सुनकोशी जनरल स्टोरमा मंगलबार बिहान आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुर बस्ने तेज प्रसाद गौतमको घरमा मंगलबार बिहान आगालगी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















