रास्‍‍वपा सरकारबाट बाहिरिँदै : प्रधानमन्त्री प्रचण्ड

34

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन्।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने विषयमा सत्यता नरहेको बताएका हुन्।

रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका हुन्।

‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर। त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन।’

रास्वपाका केही मन्त्रीहरूले सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने बेला भएको बताउँदै आएका थिए।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको र सत्तारुढ दलहरूमा पनि यसलाई पुनरावलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको बताएका थिए।

उनले सरकार पुरातन शैलीमा चलेको पनि आरोप लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here