छाेटाे अवधिभित्र सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला बनिन् निमा जाङ्मु शेर्पा

36

 

काठमाडौं। विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ। यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कीर्तिमान (रेकर्ड )हरु बनाउँदै आएका छन्।

यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन्। उनी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन्।

निमाले यही वसन्त ऋतृको मे २४ तारिखको बिहान १०ः०५ बजे चीन तर्फबाट सगरमाथाको छोटो समयमा सफल आरोहण गरेकी क्लाइबालय ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए। क्लाइबालय निर्देशक मिङ्माले नै उनलाई सगरमाथा चढ्नका लागि आवश्यक बन्दोबस्तीका सामानहरु ,लाग्ने सम्पूर्ण शुल्कहरुको साथै अरु खर्चको ब्यबस्था गरिदिएका हुन् ।

वि.सं. २०४५ साल जेठमा सोलुखुम्बुको नाम्चे-५ साम्देमा जन्मेकी निमाले सन् २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी छिन्। यसअघि उनले लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छिन्।

१० दिनमै सगरमाथाको चुचुरोमा पुग्छु, रेकर्ड राख्छु भन्ने केही त्यस्तो योजना नरहेको र सगरमाथाको चुचुरोमा १० दिनमा पाइला टेकेर ११ औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेको शेर्पाले जनाइन्।

नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ-नयाँ कीर्तिमान राख्ने भए पनि पछिल्लो समय निमा जस्तै निडर ब्यतित्वहरुले गर्दा नेपालीहरुले पनि रेकर्ड राख्न सफल भएका छन्। नेपाल सरकारले पनि निमा जस्ता आरोहीहरु र पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढे नेपालको विकास छिटो गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here