युरो कपमा फ्रान्सकाे विजयी सुरुवात

22

जर्मनीमा जारी युरोको समूह डीको खेलमा आत्मघाती गोलका कारण फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो। खेलमा फ्रान्सका कप्तान केलियन एमबाप्पे भने घाइते भएका थिए । नाकमा चोट लागेपछि एमबाप्पेलाई अस्पताल लगिएको थियो ।

विपक्षी खेलाडीसँग ठोक्किएपछि ९० औं मिनेटमा उनको नाकबाट रगत बगेको थियो । त्यस्तै, अर्को खेलमा उपाधि दाबेदार मध्येको अर्को टोली बेल्जियम पहिलो खेलमा स्लोभाकियासँग १–० ले पराजित भएको छ । आइतबार राति नै भएको अर्को खेलमा रोमानियाले युक्रेनमाथि ३–० को जित निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here