चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति पौडेलसँग गरे शिष्टाचार भेट

27

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

२ दिनअघि नेपालको आएका सुनसहितको टोली केही बेरअघि शीतल निवास पुगेको थियो। भेटघाटमा नेपाल-चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ।

उक्त भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रही आएको बताएका छन्। चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुऱ्याउँदै आएको सहयोगका लागि उनले धन्यवाद दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here