काठमाडौं । काठमाडौं महानगरपालिका- ३१ पुरानो बानेश्वरमा पार्किङ गरेको स्कुटरमा आगलागी भएको छ ।
यता सुर्खेतको भेरीगंगा नगरपालिका-५ बिउरेनी बस्ने ६२ वर्षीय शेर बहादुर दमाईको घरमा विद्युत् सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद, अन्नपात, भाडाँवर्तन लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका-८ त्रिभुवन चोक बस्ने सुनिल कुमार गुप्ताको जय बैष्णु रेडिमेट फेन्सी पसलमा शनिबार राति विद्युत् सर्ट भई आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
















