यसरी बच्न सकिन्छ गर्मी र वर्षातमा लाग्ने रोगबाट

62
sf7df8f}F,!$ c;f/ -/f;;_ M uGtJotkm{ hfFb} o'jtL dg;'g z'? eP;Fu} zlgaf/ eQmk'/sf] gofF lylddf laxfg k/]sf] kfgLaf6 hf]lug 5ftf cf]8]/ uGtJotkm{ hfFb} o'jtL . t:jL/ M rGb|snf If]qL

व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनसके गर्मी तथा वर्षातको समयमा लाग्न सक्ने धेरै रोगबाट बच्न सकिन्छ। वर्षातको समयमा पानीको स्रोत सहजै दूषित हुन सक्ने भएकाले पानीको प्रयोगमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

घरमा धारामा आउने पानी होस् वा किनेर ल्याइने जारको पानीमा आँखाले देख्न नसक्ने किटाणु तथा जीवाणुहरु हुन सक्छन्, त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खानुपर्छ। किटजन्य रोगहरुबाट बच्न ग्राणीम क्षेत्रमा खेतबारी वा वनजंगलमा काम गर्ने व्यक्तिले किटजन्य रोगबाट बच्ने उपायबारे सजग हुनुपर्छ।

खेतबारी वा बनजंगलमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउने, सुरक्षाको साधन प्रयोग गर्ने गर्नुपर्छ। काम पूरा गरेपछि आफ्नो सरसफाइ र घर वरपरको सरसफाइमा पनि ध्यान दिनुपर्छ।

गर्मी र वर्षातमा देखिने रोग र समस्याबाट जोगिने उपाय

पानी राम्ररी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने

खानेपानीको मुहान सफा राख्ने

खाना खानुअघि, दिसा गरिसकेपछि, फोहोरमैला छोएपछि, बच्चाको दिसा धोएपछि साबुनपानीले हात मिचीमिची धुने

बासी, सडेगलेको, झिँगा बसेको र खुला रुपमा राखिएका खानेकुराहरु नखाने

त्रिपाल, घर, आँगन, चोक, चर्पी सफा राख्ने

जथाभावी दिसा–पिसाब नगर्ने

त्रिपाल तथा टेन्टमा अस्थायी शौचालय बनाउने

सफा र ताजा खानेकुरा पर्याप्त मात्रामा खाने

काँचै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने

बासस्थान वरिपरि लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने

लामखुट्टे तथा किरा–फट्याङ्ग्राको टोकाइबाट जोगिने

राति सुत्दा सधैं झुल प्रयोग गर्ने

दिनमा तीन/चार पटक सफा पानीले मुख धुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here