कथानक चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक

45
काठमाडौं । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ ।

दुई मिनेट ४० सेकेन्डको ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ । ट्रेलरमा पूजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिनुकासाथै फिल्ममा पूजा र नायक कुन्साङ बोम्जनबीचको प्रेमलाई देखाइएको छ ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, किरण श्रेष्ठ, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् भने फिल्मका निर्माता देव मगर तथा अनुप गडाल हुन्  । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माता छन् ।

हरिप्रसाद घलेको छायाङ्कन रहेको फिल्ममा, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here