युरोकपमा यामाल गोल गर्नेमा सबैभन्दा कान्छो खेलाडी बने

7

एजेन्सी । युरो २०२४ मा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा स्पेनका युवा खेलाडीले नयाँ इतिहास रच्न सफल भएका छन् । यामाल युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन् ।

स्पेन ०–१ गोलले पछि परेको स्थितिमा यामालले २१ औँ मिनेटमा गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए । उनले डीबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए ।
उक्त गोल गर्दा उनी १६ वर्ष ३ सय ६२ दिनका मात्र थिए । उनले स्विट्जरल्यान्डका जोहान भोनलानथेनको रेकर्ड तोडेका हुन् । भोलान्थेनले सन् २००४ को युरोमा १८ वर्ष १४१ दिनको उमेरमा गोल गरेका थिए । उनले पनि फ्रान्सविरुद्ध नै गोल गरेका थिए ।

यामाल युरो खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनी जलाई १३ मा १७ वर्षको पुग्नेछन् । उनी जारी युरोमा सबैभन्दा बढी गोलको अवसर सिर्जना गर्ने खेलाडी पनि रहेका छन् । उनले हालसम्म ३ वटा एसिस्ट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here