सर्लाहीमा टाउको काटिएको अवस्थामा शव फेला

153

सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

मृतक रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको कुँवरले जनाए ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here