चितवन मेडिकलमा कलेजोको सफल प्रत्यारोपण

182

काठमाडौं । काठमाडाैं उपत्यकाबाहिर प्रथमपटक कलेजोको सफल प्रत्यारोपण सम्पन्न भएको छ ।

चितवन मेडिकल कलेजले बिहीवार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी ५४ वर्षीय धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो ।

कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो दिएकी हुन् । कलेजका विषेशज्ञ चिकित्सकहरू डा सञ्जय यादव, डा एकानन्द सिंह, डा किरण अधिकारी, डा सुरेश गौतम, डा बरुण श्रेष्ठ, डा सागर पौडेल, डा नवीन यादव, डा विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा निरज गोयल, डा अरुणकुमार, डा सञ्जीव अनिजालगायतको टिमले १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

लामाको स्वास्थ्य जाँच गराउँदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प नभएकाले सो निर्णय गरिएको थियो । बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीको छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको चिकित्सकले जनाएका छन् ।

अहिले कलेजो प्रत्योरोपण गरिएकी आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको कलेजले स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here