आज बिहानैदेखि पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

32

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको हुग्दी खोला नजिकै गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार पहिरोले राजमार्ग पुरेका कारण दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

आज बिहान ५ बजे लेदोसहितको पहिरो खसेपछि यातायात सुचारुको प्रयास गरिएको थियो । प्राप्त जानकारी अनुसार राजमार्ग भर्खरै एकतर्फी रुपमा खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here