नेता सिंह र एमालेका उपाध्यक्ष पौडेलले उपप्रधानमन्त्री पदको शपथ लिए

30

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री पदको शपथ लिएका छन् ।

सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

यसअघि राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here