जीवनसाथीको बानी, स्वभाव र मन मिल्छ भन्दैमा जीवनमा खुशी मिल्छ त ?

181

प्रविधिको दुनियाँमा अनलाइन डेटिङको चलन बढ्दो छ । आज मानिसहरु इन्टरनेटमा नै पार्टनरको खोजी गर्न रुचाउँछन् ।तर लाखौं मानिसबीच आफू कस्तो देखिने हुँ भन्ने पिरले तपाईंलाई सताएको हुनसक्छ ।

केही विशेष बानी हुन्छन् जुन दुबै साथीमा भए राम्रो मानिन्छ । ‘विपरितले आकर्षित गर्छ’ यो भनाई निकै पुरानो हो र गलत पनि ।

पार्टनरबीच जति नै भिन्नता भएपछि कुनै पनि कुरामा सहमत हुने बानी मिल्नुपर्छ । अत्यधिक रिस उठाउने बानी आखिर कसलाई राम्रो लाग्छ र ?

जो व्यक्ति आफूलाई अस्विकार गरिने हो कि भन्ने कुरामा बढी चिन्तित हुन्छन्, त्यस्ता व्यक्तिले जब आफ्नै सोचाईको पार्टनर पाउँछ भने उनीहरुबीचको सम्बन्ध निकै प्रगाढ हुन्छ ।

यदि पार्टनरको राती अबेरसम्म जागा हुने र बिहान चाँडै उठ्ने बानी छ भने यो पनि सम्बन्धको सकारात्मक पक्ष हो । यसले उनीहरुलाई धेरैजसो सँगै राख्न सहयोग गर्छ ।

तर, दुबैको एउटै बानीले कहिलेकाँही समस्या पनि निम्त्याउन सक्छ । यदि कोही व्यक्ति काम प्रति धेरै नै समर्पित छन् र उनका साथीको पनि त्यस्तै बानी छ भने यसले कुरा बिगार्न सक्छ । यस्तोमा यदि एउटा साथी बिन्दास भए दुईको जोडी मिल्छ ।

यदि तपाईं र तपाईंको जीवनसाथीको बानी, स्वभाव र व्यक्तित्व एउटै ,  मन मिल्छ भने तपाईंको सम्बन्ध निकै राम्रो हुनसक्छ । तर यसले तपाईलाई वास्तविक खुशी दिन्छ त ?

विवाहले हाम्रो व्यक्तित्वमा स्थायी परिवर्तन ल्याइदिन्छ । मन मिल्ने जीवनसाथी पाए भन्दैमा जीवनमा खुशी मिल्छ भन्न सकिन्न । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । चार वर्षसम्म १५ हजार जर्मन जनतासँग गरिएको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहपछि मानिसहरुमा खुल्लापन र बाहिरी घुमफिर कम हुन्छ ।

हो, विवाहपछि मानिसहरुमा माफी दिनका लागि फराकिलो मन हुन्छ । विवाहपछि केही दिनसम्म मानिसहरु सन्तुष्ट र खुसी देखिन्छन् । तर यो भाव स्थायी हुँदैन । विवाहको केही वर्षपछि उनीहरु पुनः त्यहि स्थितीमा पुग्छन् जहाँ विवाहअघि थिए । त्यसकारण विवाहले स्थायी खुसी दिँदैन ।

जीवनसाथीबिच बानी, स्वभाव , व्यक्तित्व र मन मिल्नु भन्दा पनि एकआपसमा कुरा बुझ्ने हुनु जरुर िछ । जसले जीवनको हरेक परिस्थितिमा खुशी मिल्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here