आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

31

काठमाडौं । रूपन्देही, बुटवल उपमहानगरपालिका-१० चौराहास्थित ग्रामिण बिकास लघुबित्त बित्तिय संस्था लिमिटेड प्रधान कार्यालयको स्टोर रूममा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा लेटर प्याड, पासबुक, भौचर, दराज लगायतका सामानहरू जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, बोदेबर्साईन नगरपालिका-५ बोदेबर्साईन बजारस्थित राजन कुमार साहको पानी तान्ने मोटर पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा ३५ थान नयाँ मोटर र मर्मतको लागि राखिएको पुरानो २० थान मोटर जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here