काठमाडौं । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















