कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाइदै

52
काठमाडौँ, ३१ असार : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठक । तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय/रासस

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहालीपछि भएको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ। उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ।

बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here