काठमाडाैं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो “माईडिशहोम” एपको पुन: सुरुवातको घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी शुभारम्भको घोषणा गरेकी हुन् ।
“यस पुन: लन्चको साथ, हामीले हाम्रा ग्राहकहरूलाई थप एकीकृत र प्रयोगकर्ता-मैत्री अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौं, हाम्रा ग्राहकहरुलाई डिशहोमका सबै उत्पादनहरू र सेवाहरू सहज रूपमा स्व-व्यवस्थापन गर्न सक्षम पार्दै,” मानन्धरले भनिन् ।
“माईडिशहोम” एप अब आईओएस एप स्टोर र एन्ड्रोइड प्ले स्टोर दुवैमा डाउनलोड गर्नका लागि उपलब्ध रहेको जनाइएको छ। डिशहोमलाई पहिलेभन्दा धेरै पहुँचयोग्य बनाउँदै प्रयोगकर्ताहरूले डिशहोमका सम्पूर्ण सेवाहरूको आनन्द लिन सक्ने कम्पनीको भनाइ छ । डाउनलोडका लागि लिंक


















