काठमाडाैं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि विभिन्न मिडियामा आएको समाचारप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस काउन्सिलले विज्ञप्ति जारी गरेर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको विषयमा विभिन्न सञ्चारमाध्यमबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको संख्या एउटै समयको समाचार पोस्टमा फरक–फरक तथ्य सम्प्रेषण भएको र कतिपय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारणसमेत भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समाचार सम्प्रेषणका क्रममा आधिकारिक तथ्यको पुष्ट्याइँबेगर हतारमा सामग्री सम्प्रेषण नगर्न र नगराउन काउन्सिलले सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार, सामाजिक सञ्जालका प्रयोगकर्तालाई हार्दिक अनुरोधसमेत गरेको छ ।


















