करेन्ट लागेर मृत्यु

45

काठमाडौं । सर्लाही, ईश्वरपुर नगरपालिका-६ दशबिघा बस्ने ५० वर्षीया दुखनावती देवी सिंह दनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल बयलबासमा उपचारको क्रममा मृत्यु भएको हो । रौतहट, बौधीमाई नगरपालिका-५ बस्ने ५५ वर्षीय सुनेसर राय यादवको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । पाल्पा, बग्नासकाली गाउँपालिका-६ दर्पुक बस्ने ३० वर्षीय बिष्णु अधिकारीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित ट्रान्सफर्मरको फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here