कमरेड पुष्पलालको बिशेष स्मृति दिवस सम्पन्न

37

उदयपुर बर्षेडाडा बसाहा । कमरेड पुष्पलाल जन्म शत बार्षिकीका बीच साउन ७ गते परेको उहाँको ४६औ. स्मृति दिवस क.पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिको तत्वाबधानमा बिशेष कार्यक्रमकासाथ उदयपुर बर्षे डडाको लाली गुराँससभा कक्षमा  सम्पन्न गरियो ।

कार्यक्रममा कमरेड पुष्पलालले २०२५ सालमा नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिको ठोस कार्यक्रम, नयाँ जनबादकासाथ जीवन्त र सक्रिय तुल्याउँदै पनर्गठन गरे पश्चात बनेको तत्कालीन पहिलो  सगरमाथा अञ्चल कमिटीका सदस्यहरुलाई बिशेष सम्मान पत्रकासाथ सम्मान गरिएको थयो । त्यस समितिका तत्कालीन सचिव क भिमप्रसाद सेढाई र सदस्यहरुमा क.भदेश्वसर प्रसाद साह, क. मुन्सिलाल दास, क. मणिराज उपाध्याय पौडेल क.हिरालाल चौधरी,क.मुुुरारी कार्की, क.खिलानाथ लेखी(मरणोपरान्त), क.हरि राउत र क.माधवप्रसादशर्मा कट्टेल रहनु भएको थियो । अस्वस्थता र बृद्ध अबस्थाका कारण उपस्थित हुन असमर्थ हुनु भएका सम्मानित कमरेडहरुलाई सम्मानपत्र घरघरै गएर क.पुष्पलाल पदयात्रा र पर्चाबितरण सहीत प्रदान गर्नेगरी क. पुष्पलाल जन्म शतबार्षिकी समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष कमरेड भिमप्रसाद सेढाईले समारोहमा अबगत गराउनु हुँदै छरिएर रहेका सबै कमरेड पुष्पलालको बिचारमा अडिग तथा देश र जनताप्रति समर्पित सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई  नेपाल कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन आह्वान गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षताको आसनबाट बोल्नु हुँदै कमरेड पुष्पलाल जन्म शतबार्षिकी समारोह समितिका सदस्य सचिव तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलालका बहु आयामिक योगदान र उहाँले अबलम्बन गर्नु भएको सही दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिको पालना नगरिदा आज कम्युनिष्ट आन्दोलन तितर बितर र कमजोर भएको यथार्थ औंल्याउनु हुँदै सबै क्रान्तिकारी कम्युनिष्ट नेता कार्यकर्ताहरुका अगाडि आज नेपाली जनता र राष्ट्रको हितमा कमरेड पुष्पलालको बिचारको वरिपरी गोलबन्द हुनुको कुनै बिकल्प छैन भन्नु भयो । उहाले कमरेड पुष्पलालले औंल्याउनु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वपूर्ण समस्याहरु घरेलु प्रतिकृयाबाद, भारतीय एकाधिकार पूँजीवाद र अमेरिकी साम्राज्यबादका समस्या हल नभइ राष्ट्र र जनता खाशगरी किसान समस्या हुल हुन सक्तैनन् भन्ने कुरामा बिशेष जोड दिनु हुँदै यस ऐतिहासिक शत बार्षिकीको अबसरमा आयोजित क. पुष्पलालको  बिशेष स्मृति दिवसको अबसरमा क. पुष्पलालप्रति भावपूर्ण श्रद्धासुमन ब्यक्त गर्नु भएको थियो ।
त्यस कार्यक्रममा कमरेड पुष्पलालको संयुक्त जन आन्दोलनको नीतिलाई सर्बप्रथम बिद्यार्थी क्षेत्रमा राष्ट्रब्यापी रुपमा २०३६ सालमा उठाउन पाउँदा क्रान्तिकारी गौरब महसुस भएको अनुभव सुनाउनु हुँदै क. पुष्पलाल जन्म शत बार्षिकी समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. शरण बिक्रम मल्लले  जबसम्म कमरेड पुष्पलाले अघि सारेका सही नीतिलाई सही किसिमले पक्रेर दृढतापूर्बक अघि बढ्न सकिदैन तबसम्म परिबर्तनले पनि सही बाटो लिदैन, सफल भएका आन्दोलनहरुको पनि क.पुष्पलालका बिरोधीहरुले दुरुपयोग गर्ने गर्दछन् र जनतालाई निराश र आन्दोलनलाई कमजोर तुल्याउँदछन्, यतिबेला हामी सम्पूर्ण शोषित पीडित नेपालीहरुले यही तीतो यथार्थ मशसुस गरेको देखिरहेका छौं भन्नु हुँदै नेपालका अमर बिभूति कमरेड पुष्पलालप्रति भावपूर्ण श्रद्धा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा समारोह समितिका सदस्य तथा नेकपाका सचिव क. महेन्द्र जोशीले पार्टीको जनकपुर सम्मेलनदेखिनै कमरेड पुष्पलालकै नीति अनुसार पार्टीले आत्म निर्भर अर्थतन्त्र निर्माणको दिशामा क्रान्ति पूर्बदेखि नै अभ्यास गर्न अग्रसर हुन थाल्ने नीति लिएको र राष्ट्रिय पूँजीको जगेर्ना तथा प्रबद्र्धन गर्न उत्पादन तथा सेवामूलक सहकारीको शुरुवात गर्न अग्रसर भएको उल्लेख गर्दै यस महाअभियानमा सबैलाई सहभागी हुन बिशेष आग्रह गर्नु हुदै क.पुष्पलालप्रति श्रद्धा प्रकट गर्नु भएको थियो ।
क.पुष्पलाल जन्म शतबार्षिकी समारोह समितिका सदस्य तथा पार्टीका सचिव क. रामदुलार महतोले माक्र्सबाद लेनिनबाद र माओ बिचारधारामा आधारित कमरेड पुष्पलालको बिचारबाट बिचलित हुँदा नै कम्युनिष्ट आन्दोलन र पार्टी कमजोर भएर गएको जनतामा कम्युनिष्ट पार्टीप्रति बितृष्णा र  असन्तुष्टीले प्रष्ट दर्शाइरहेको औंल्याउदै किसान जनता र कृषिलाई सही दिशामा अग्रसर गराउन नयाँजनबादी क्रान्ति अपरिहार्य छ । यसले मात्र सामन्तबाद र साम्राज्यबादका सबै किसिमका शोषण उत्पीडनका अन्त्य गर्न सक्छ र समाजबादमा पदार्पण गर्न सक्छ अरु कुनै बाटो छैन भन्नु भयो ।
क. पुष्पलाल जन्म शत बर्षिकी समारोह समितिका सदस्य तथा नेकपाका कोषाध्यक्ष क.महिला नेतृ क. सीता सुबेदीले जबसम्म महिलाहरुलाई सचेत तुल्याउन, जगाउन र उठाउन सकिदैन तबसम्म क्रान्तिकारी कम्युनिष्ट आन्दोलन सफल हुन सक्दैन भन्ने कुरा शुरुमा नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्दैदेखि महिलाहरु पनि समानता, न्याय र समुन्नतिका निम्ति सचेत, संगठित र संघर्षशील हुुन पर्ने जनु कुरा कमरेड पुष्पलालले उठाउनु भएको थियो त्यो अहिले पनि उत्तिकै महत्वपूर्ण छ । आधा आकाश महिलालाई सचेत तुल्याउन नेपालमा मातृ सत्तात्मक समाज नामको बहुमूल्य खोजमूलक कृति लेखेर नेपाली समाज र खाशगरी महिलाहरुलाई उहाँले ठूलो गुन लगाउनु भएको औल्याउनु हुँदै महिलाहरुलाई अझ बढी सचेत, अझ बढी संगठित र अझ बढी सक्रिय र संघर्षशील बन्न उहाँले आह्वान गर्नु भयो ।
क. पुष्पलाल जन्म शत बार्षिकी समारोह समितिका सदस्य तथा नेकपाका सचिवालय सदस्य क. नरेन्द्रबहादुर तण्डुकारले पार्टीहरुले जथाभावी मनपरी अपारदर्शी ढंगल खर्च गर्ने गरेकोले देशमा भ्रष्टचार ब्याप्त भएको औंल्यानु  हुँदै यसबाट जोगिन र यसका बिरुद्ध बृहत आन्दोलन उठाउन हाम्रो पार्टीले पनि पारदर्शी र बैज्ञानिक ढंगले हिसावकिताब राख्न सिक्नु पर्ने र समय छँदै लेखाप्रणाली अनुसार आमदानी र खर्च खुलस्त पारेर देखाउन पर्ने र यस गर्न सक्दा नै कम्युनिष्ट आन्दोलनप्रति बिश्वास बढ्ने र जनताको आकर्षितहुने कुरा दर्शाउनु  हुँदै कमरेड पुष्पलालप्रति हार्दिक श्रद्धाभाव ब्यक्त गर्नुृभयो ।
अतिथि बक्ता कान्तिकारी कयुनिष्ट पार्टी नेपालका केन्द्रिय कार्यालय सदस्य क. सुरेन्द्र भण्डारीले कमरेड पुष्पलालको कम्युनिष्ट आन्दोलनमा सच्चा क्रान्तिकारी धार रहेको र सही धारलाई सही किसिमले पक्रेर जनतामा समर्पित हुन सकेमा मात्र उहाँको योगदानको साच्चो र उच्च मूल्यांकन हने  अथ्र्याउँदै आज सबै क्रान्तिकारी शक्तिहरु पुष्पलालको सही बिचारको वरिपरी गोलबन्द हुनु पर्ने आवश्यकता अझ बढेको यथार्थ औंल्याउनु भयो ।
राष्ट्रिय क्रान्तिकारी मोर्चाका कोशी अञ्चल इञ्चार्ज क. योगेन्द्र ढकालले सबै क्रान्तिकारी शक्तिहरु एकजुट भएर आन्दोलनलाई  अघि बढाउन नै राष्ट्रिय क्रान्तिकारी मोर्चा गठन गरिएको र यो कमरेड पुष्पलालको बिचारसँग मेल खाने कुरा भएकोले सामन्तबाद साम्राज्यबाद बिरोधी सबै शक्तिहरु एक भएर अन्दोलनमा उत्रिनु अत्यावश्यक छ भन्नु भयो ।
क्तार्यक्रममा कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतका साथ कमरेड पुष्पलालको सम्मानमा १०० झण्डा फहराइएर उहाँको उच्च सम्मान गएिको थियो ।
कमरेड पुष्पलाल जन्म शतबार्षिकी समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य क. भीमकुमार बान्तबाले निकै  रोचक किसिमले पुष्पलाल जस्ता क्रान्तिकारी माक्र्सबादी योद्धा देशले पाउनु तर क्रान्तिकारी शक्तिहरुले उहाँको सही अनुसरण गर्न नसक्नुले गर्दा देश गलत दिशामा गइरहेको र जनता झनपछिझन दुःखी भइरहेको यथार्थ औंल्याउदै र २०३६ सालको संयुक्त बिद्यार्थी आन्दोलन कमरेड पुष्पलालको नीतिको पहिलो सही उपयोग भएको बताउँदै मीठो उद्घोषण र सञ्चालन गर्नु भएको कार्यक्रममा बिभिन्न पार्टीका कमरेड तथा मित्रहरु बिक्रम गिरी, भूपाल पौडेल,अम्बरबहादुर खड्का, केशब अधिकारी, राजेन्द्र पौडेल, बिजय राई आदि सबैले देश र जनताको बिग्रदो बर्तमान स्थितिको मूल्यांकन गर्दा कमरेड पुष्पलालको सही बिचारको घर फर्कनु र संघर्ष गर्नु बाहेक अरु कुनै बाटो छैन भन्ने कुरा ब्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here