काठमाडौं/ सरकारको राजनीतिक वार्ताटोलीले गत २५ भदौमा पत्रकार सम्मेलनमार्फत वार्तामा आउन असन्तुष्ट द्वन्द्वरत समूहलाई आह्वान गरेलगत्तै दुई पक्षबीच शुरु भएको संवादमा विप्लवले तीन सर्त राखेको थहा भएके छ । सरकारी वार्ताटोलीको सम्पर्कमा रहेका नेकपाका पोलिटब्यूरो तहका नेताहरुले तीन वटा सर्त राखेका छन् ।
पहिलो शर्तका रुपमा सरकारले पार्टीलाई राजनीतिक दल वा हिंसात्मक समूह, कुन दृष्टिकोणका साथ हेरिरहेको छ, प्रष्ट रुपमा औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने । दोश्रो देशव्यापी गैरकानूनी धरपकड बन्द गर्नुपर्ने । तेस्रो पक्राउ परेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पदम राई, किरण राई, उमा भुजेलसहितका नेता र सबै कार्यकर्ताहरुलाई विनासर्त रिहा गर्नुपर्ने ।


















