पेरिसमा खेलकूदको महाकुम्भ ओलम्पिक उद्घाटन

38
Celine Dion performs on the Eiffel Tower in Paris, France, during the opening ceremony of the 2024 Summer Olympics, Friday, July 26, 2024. (AP Photo/Natacha Pisarenko)

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा खेलकूदको महाकुम्भ ओलम्पिक उद्घाटन गरिएको छ ।

ओलम्पिक इतिहासमै पहिलोपटक ओलम्पिक स्टेडियमबाहिर उद्घाटन समारोह भएको हो। पेरिसको सेन नदीमा आयोजित समारोहमा विश्वभरका राष्ट्र तथा सरकार प्रमुख, खेलाडी, राजनीतिज्ञ, सेलिब्रिटीहरु तथा सर्वसाधारण सहभागी थिए ।

समारोहमा लेडी गागा तथा सेलिन डियोनले सांगितिक प्रस्तुति दिएका थिए । फ्रान्सका स्प्रीन्टरर मारी जोस पेरेस र जुडोका टेड्डी रिनरले ओलम्पिक टर्च जलाएका थिए । खेलाडीहरुले डुंगामा बसेर सेन नदीमा मार्च पास गरेका थिए ।

पेरिस ओलम्पिकमा विश्वका २ सय ६ मुलुकका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् भने ४५ हजार सुरक्षाकर्मीहरु परिचालित गरिएका छन् । विश्वभरका शरणार्थीहरुका लागि अलग्गै टिम खडा गरिएको छ ।

पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा टेबलटेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोकेका थिए । उद्घाटन समारोहमा नेपाल, नामिबिया र नाउरको खेलाडीहरु एउटै डुङ्गामा चढेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here