पहिरोमा घाइते भएका दुई जनाको उद्धारमा बेवास्ता

35

काठमाडौं । आजकाे प्रतिनिधिसभामा सांसद राजेन्द्र बजगाईँले गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सरकारले बेवास्ता गरेको गुनासाे गरेका छन् ।

उद्धारका लागि गुहार गर्दा नेपाली सेनाले धादिङ र नुवाकोटको आकाशमा प्रतिकूल मौसम रहेको कारण हेलिकोप्टर जान नसक्ने भनेता पनि  नीजी कम्पनीले उडान भरेर सफल उद्धार गरेकाे बताउँदै उनले भने,‘नेपाल सरकारसित हेलिकोप्टर उद्धारका लागि याचना गर्दाखेरी सरकारले विलम्ब गर्यो । प्राइभेट हेलिकोप्टर कम्पनी गयो । नुवाकोट र धादिङको आकाशमा प्रतिकूल मौसमका कारण सैनिक हेलिकोप्टर उड्न सकेन भनिएको थियो । तर, नीजी कम्पनीले कसरी उडान गर्यो र उद्धार भयो ? मैले माननीय गृहमन्त्रीज्यूसँग पनि यो प्रश्न गरेको छु । सैनिक हेलिकोप्टरलाई लाग्ने प्रतिकूल मौसमको समस्या प्राइभेट हेलिकोप्टरलाई किन भएन ? अथवा उहाँहरुले कसरी उडान भर्न सक्नुभयो ?’

सौर्य एयरलाईन्सको विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति उनले दुःख व्यक्त गरे । विमान दुर्घटनामा निधन भएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाएको सरकार त्रिशुली नदीमा बस खस्दा बेपत्ता भएका ६५ जनाको बारेमा नबोलेको भन्दै उनले आपत्ति जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here