पेरिस ओलम्पिकमा सुटिङमा नेपालकाे खराब प्रदर्शन

61

काठमाडाैं ।  पेरिस ओलम्पिक २०२४ मा सुटिङकी सुस्मिता नेपालले खराब प्रदर्शन गरेकी छिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आएकी छिन् । उनले ६ सय ७.८ स्कोर गरेकी थिइन् ।

आज पौडीकी डुवाना लामाको प्रतिस्पर्धा रहेको छ । उनले २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । शनिबार टेबल टेनिस स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले आ आफ्नो खेल गुमाएका थिए ।

समूह पीमा रहेका प्रिन्स विश्व वरियताको दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग ८–२१ र ६–२१ को सेटमा पराजित भएका थिए । अब ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स आयरल्यान्डका नियात नुयन (४३औं वरीयता) र इजरायलका मिसा जिल्वरमन (५९औं वरीयता) विरुद्ध खेल्नेछन् । प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् ।

टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए । सेनगलका खेलाडी इब्राहिमा डियावसँग ४–० ले पराजित भएका थिए । पहिलो सेटमा राम्रो प्रदर्शन गरेपनि उनले १०–१२ ले गुमाएका थिए । त्यसपछि उनी दोस्रो सेटमा ११–३, तेस्रो सेटमा ११–४ र चौथो सेटमा ११–५ ले पराजित भए ।

कुल ६ खेलका ७ नेपाली खेलाडीले पेरिस ओलम्पिकमा भाग लिइरहेका छन् । जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here