नेप्से परिसूचक बढ्याे

27

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३५.५५ अकंले बढेको छ ।

एक दशमलव ३३ प्रतिशतले बढेको सेयर बजार २६९६.६५ विन्दुमा सीमित भएको हो । नेप्से ३५.५५ अकंले बढ्याे मंगलबार ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी होटल तथा पर्यटन उपसमहु ३९८.१७ अकंले बढ्यो । फाइनान्स १८३.३०, विकास बैंक १२४.०५ र हाइड्रोपावर १००.०६ अंकले बढ्यो ।

बैंकिङ, म्युचअल फन्ड, निर्जीवन बीमा र व्यापार उपसमूह घट्यो । कुल १८९ कम्पनीको सेयर मूल्य बढ्यो भने ४७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । प्रोग्रेसिभ फाइनान्स लिमिटेड, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

एसियन हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले घट्यो ।कारोबार र रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल अघि रह्यो ।

हिमालयन रिइन्स्योरेन्सको ६० करोड १० लाख रुपैयाँको सेयर किनबेच भयो । शिवम् सिमेन्टको ३७ करोड ६७ लाख र सोल्टी होटलको ३६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here