काठमाडौं । चितवन, ईच्छाकामना गाउँपालिका-५ तिन नम्बर पुलस्थित त्रिशुलि नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, बहुदरमाई नगरपालिका-४ तिलावे खोलास्थित खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















