काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो भारी वर्षा भएको छ ।
वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । कामबाट घर फर्किंदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटक वर्षाका कारण प्रभावित बनेका हुन्।
उनीहरु कसैले छाता त कसैले र्याङकोट र ब्यानरको प्रयोग गरी गन्तव्यतर्फ जाँदै गरेको देख्न सकिन्छ ।


















