काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको नम्बरको बस फसेको हो ।
फसेको बसको डिक्कीबाट सामान निकालेर अर्को पिकअप भ्यानमा राखिएको छ र बसलाई त्यहाँबाट निकाल्ने प्रयास जारी छ ।
बागमती करिडोरमा पर्ने पुल मुनिको यो बाटोमा यसअघि पनि धेरैपटक गाडीहरु फसेका छन् । तर त्यहाँ कुनै पनि जानकारीमुलक सूचना वा संकेत नराखिदिँदा चालक र यात्रुहरु मर्कामा पर्दै आएका छन् ।
यसअघि २०७९ साल साउन ५ गते सोही स्थानमा मिनी ट्रक फसेको थियो । यस्तै २६ जेठमा र २७ असारमा पनि करिडोरमा गाडी फसेका थिए ।
















