अवैध लागूऔषध गाँजा बरामद

31

पर्सा । साउन जगरनाथपुर गाउँपालिका-२ जानकीटोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय ग्राम आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय जानकिटोलाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई रोक्न खोज्दा बोरा फाली अपरिचित व्यक्ति फरार भए पश्‍चात बोरा तलासी गर्दा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here