हसिनाले अमेरिकामा शरण मागेका बारेमा जानकारी छैन

22

वासिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेन प्रशासनले बंगलादेशमा कुनै पनि अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुन र नियम तथा बंगलादेशी नागरिकको इच्छाअनुसार हुनुपर्ने जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले शेख हसिनाले अमेरिकामा शरण मागे/नमागेका बारेमा जानकारी नभएको पनि जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलरले सञ्चारकर्मीसँग भने, “हामी चाहन्छौँ कि बंगलादेशका मानिसले त्यहाँको भविश्य तय गरून् ।”

उनले अगाडि भने, “जवाफदेही कस्तो हुन्छ, यो बंगलादेशको कानुनमा देखिनुपर्छ । हिंसा गर्ने र कानुन तोड्नेलाई जिम्मेवार ठहर्‍याउनुपर्छ ।”

उनले हसिनाले अमेरिकामा राजनीतिक शरण मागे/नमागेको जानकारी नभएको जानकारी गराए । बीबीसी हिन्दीबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here