अनुमति बिना देशकाे नक्सा प्रयोग गरे कारवाही हुने

244

काठमाडौं – सरकारले हालै प्रयोगमा ल्याएको नक्सा विभागबाट पूर्व स्वीकृति नलिई कसैले कुनै किसिमले छपाई विक्री वितरण गरेको पाइएमा कारवाही गर्ने जनाएको छ ।

नयाँ नक्सा भनी फरक फरक नक्सा सामाजिक सञ्जालमा प्रयोग भएकोमा नापी विभागले ध्यानाकर्षण गराउदै नापी विभागले राजनीतिक तथा प्रशासनिक विभाजन नमिलेको नक्सा प्रयोग गरिएको पाइएमा कडा कारवाही गर्ने जनाएको हो ।
विभागका महानिर्देशक प्रकाश जोशीले जेठ १० शनिवारको मितिमा सूचना जारी गर्दै आधिकारिक  नक्साको आधारभूत विषय नमिलेका नक्साहरु कुनै पनि माध्यममा प्रयोग नगर्न पनि सचेत गराएको छ ।
 नक्सा आवश्यक मात्रामा छापी सर्बसुलभ उपलब्ध गराइने पनि सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here