प्रधानमन्त्री केपी ओलीले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी

54

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्।

मंगलबार संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनै पनि खालको अनुमति नदिएको जिकिर पनि गरे।

उनले आफूमाथि राजनीतिक रुपमा कुनै लाञ्छना लगाउने काम भए पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता दोहोर्‍याए। भ्रष्टाचार नगर्ने र अरुलाई पनि आफूले भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीको दृढता थियो। उनले आफ्नो जानकारीमा रहेका ठाउँहरुमा आफूले भ्रष्टाचार गर्न नदिने पनि जनाए।

प्रधानमन्त्री ओलीले भने, ‘मैले पहिले पनि जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, भ्रष्टाचार सहिनँ पनि। अब मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो। राजनीतिक हिसाबले कसैले लाञ्छना लगाउनु, लाञ्छित गर्नका लागि केही कुरा उठाउनु, हिलो छयाप्ने प्रयास गर्नु बेग्लै कुरा हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here