३०औं विश्व आदिवासी दिवस  मनाइयाे

28

काठमाडौं  । ३०औं विश्व आदिवासी दिवस  मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्‍याली निकालिएको छ ।

मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर र्‍याली निकालेका छन् भने र्यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएर सहभागीता जनाएका थिए।

भृकुटीमण्डपबाट निकालिएको र्‍याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here