सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान

39

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन्।

सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए। विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश हिजो प्रमाणीकरण भइसकेको छ।

आज पुन सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ। आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमल शाह नियुक्त भएका थिए। उनले विश्वासको मत लिएका छैनन्।

आइतबार प्रदेश सभा बैठक आह्वान गरिएको र त्यसलगत्तै विश्वासको मत लिने तयारी गरेको उनले जनाए।  कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थमा शाह मुख्यमन्त्री भएका थिए। उनको सरकारमा अहिले नागरिक उन्मुक्ति पार्टी पनि समावेश भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here