आज पहेँलो धातुको मूल्य वृद्धि

37

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ।

बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ। यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ। विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ३० निर्धारण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here