मृत अवस्थामा फेला

31

काठमाडौं । कञ्चनपुर, बेदकोट नगरपालिका-१० स्थित पत्थरिया खोलामा बेदकोट नगरपालिका-२ मुक्ति शिविर बस्ने ६८ वर्षीय मङता डगौरा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । खोलाले बगाई ल्याएको अवस्थामा उनको शव फेला परेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-२ बाल्चन खोरियास्थित गौरी-खोला र शप्तकोशीको दोभानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । धनुषा, विदेह नगरपालिका-१ मैनाथपुरस्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here