Home समाचार भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयरलाई सफाइ

भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयरलाई सफाइ

22

काठमाडौं ।  विशेष अदालत काठमाडौंले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित जेठ २१ गते दायर गरेको मुद्दामा विशेष अदाललते बुधबार सफाइ दिएको हो।

विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले मुद्दा दर्ता भएको ६९ दिनमै फैसला गर्दै सफाइ दिएको हो।

मेयर महर्जन, उपप्रमुख उपप्रमुख मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू प्रविन कोइराला, वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र विश्वराज मरासैनीसहितको संलग्नतामा १४ जनाले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेण्डर लगाउँदा सरकारी दर भन्दा कमगरी लगाएको दाबी अख्तियारले गरेको थियो। उनीहरुको कामबाट सरकारलाई एक अर्ब चार करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी भएको आयोगको दाबी थियो।

महर्जन अघिल्लो कार्यकालमा पनि निर्वाचित भएका हुन्।

विशेषले नगरपालिकाले सम्पत्तिको विक्री गर्न नपाउने भएकाले शुल्ने लिने कार्य भ्रष्टाचार नभएको ठहर गरेको छ।

जारी संक्षिप्त आदेशमा उल्लेख गरिएको छ, ‘निकासी कर जस्ता शुलकसम्म लगाउन सक्ने तर सो सम्पत्तिको विक्री गर्न नगरपालिकाले नपाउने हुँदा नगरपालिकाले कानूनद्वारा तोकिएको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ७ (ख) को कसुर हुने देखिँदैन।’

यस्तो छ विशेष अदालतको आदेश

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here