नरेश खातीकाे ‘हाँसेर बोलन माया’ सार्वजनिक

39

काठमाडौं  । गायक तथा संगीतकार नरेश खातीले तिज गीत ‘हाँसेर बोलन माया’ साङ्गीतिक बजारमा ल्याएका छन् । नरेश खातीकै शब्द सृजना र संगीत रहेको उक्त तिज गीतमा गायिका आशा विसीले साथ दिएकी छन् ।

परम्परागत तिज गितभन्दा अलग रहेर सर्जक नरेश खातीले झ्याउरे भाकामा तिज गितलाई पस्केका छन् । उक्त गीतको म्युजिक भिडियो मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको छ ।

‘हाँसेर बोलन माया’को म्युजिक भिडियोमा नारायणी खत्री, वविन सिंह ठकुरी, वर्षा क्षेत्री, दील सुनार, बचन विश्वकर्मा र उज्वल गिरीको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन छाँयाङ्कन मौसम हिमालीले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

यसअघि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘मै मरी गए’, ‘माया मारेर’, ‘मन परेरै हो’, तिम्रै मायाले, ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ ‘मेरो छोरा’ ‘मेरो प्यारो बच्चा’लगायत थुप्रै गीतहरु लोकप्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here