आन्दोलनरत वकिलहरु र युवाहरुबीच मुक्का हानाहान

179

काठमाडौं । सर्वोच्चमा झण्डै एक महिनाअघि देखि प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र कानुन व्यावसायीहरुबीच संघर्ष चलिरहेको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यावसायीहरु चरणबद्ध आन्दोलनमा रहेका छन् । दोस्रो चरणका आन्दोलनसम्म केही नलागेपछि अहिले कानुन व्यावसायीहरु तेस्रो चरणका आन्दोलनमा छन् ।

प्रधानन्यायाधीश जबरालाई पटक पटक अल्टिमेटम दिँदै आएका कानुन व्यावसायीहरु पछिल्लो समय सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिँदै आएका छन् । तर कानुन व्यावसायीहरुको आन्दोलनको प्रवाह प्रधानन्यायाधीशले गर्नु भएकाे छैन । यद्यपि बिहीबारसम्म पनि उनीहरुको आन्दोलन जारी छ ।

यही क्रममा बिहीबार दिउँसो अलिक फरक दृष्य सर्वोच्च प्राङ्गणमा देखियो । वकिलहरुको शान्तिपूर्ण आन्दोलनक क्रममा प्रहरी हस्तक्षेप पनि भएको थियो । त्यस लगत्तै केही युवाहरु आए । र, आन्दोलनरत वारका वकिलहरुलाई गाली गलौज गरे । ती युवाहरु आएर सर्वोच्चको प्राङ्गणमै प्रवेश गरेर वकिलहरुलाई कालो कोट च्याति दिनेसम्मको धम्की दिए। त्यसपछि ती युवाहरु र वकिलहरुबीच घम्साघम्सी नै चल्यो ।

करिब १ दर्जन युवाहरु रातो कारमा चढेर आएका थिए । उक्त युवकहरुको टोली र वकिलहरुबीच हानाहानको स्थिति नै बनेको थियो । ती युवाहरु को हुन् भन्ने खुलेको छैन । केही वकिलहरुले ती युवाहरु मदिरा पीएर आएको आरोपसमेत लागएका छन् ।

उनीहरुले आफ्नो रातो कारलालाई स्वास्थ्य मन्त्रालय अगाडिको भागमा राखेर सर्वोच्च परिसरमा प्रवेश गरेका थिए । वकिलहरु पनि प्रतिकारमा उत्रिएपछि उनीहर हतार हतार त्यहाँबाट निस्कीएका थिए । आन्दोलनरत वकिलहरु र युवाहरुबीच मुक्का हानाहान्, ढुङ्गा हानाहान् र ठेला-ठेल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here