सडक दुर्घटनामा गम्भीर घाइते भएका डा दीपक खरेलको निधन

79

काठमाडौं । दुर्घटनामा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचारत डा दीपक खरेलको निधन भएको छ।

ट्रमाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद जोशीले डा खरेलकाे आज विहान ८ बजेर २३ मिनेट जाँदा निधन भएको जानकारी दिए। डा खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि काठमाडौंको काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो।

आर्थिक स्थिति कमजोर भएका कारण उनलाई ट्रमा सेन्टरमा रिफर गरिएको हो। ट्रमा सेन्टरमा उनको न्यूरो सर्जन डा राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियाे। डा खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here