नगीन तामाङ
ठेगानाः शंखुवासभा, अहिले काठमाडाैं, गाैशला
थाहा छैन जिन्दगीमा खै के सकियो
निन्द्रा बेचेर किनेका ती रात सकियो ।
सपनामा बाँचिरहेको थियो जिन्दगी एउटा थियो
त्यही आस गयो सकियो ।
खुशी पनि बाँदल भित्रको घाम जस्तै
केहिबेर झुल्क्क देखियो अनि सकियो ।
रमाइलो जिन्दगी त
बालापनमा थियो
बैँसको भेल आयो गयो अनि
सकियो ।
तिमी दिल भित्र बसेको
सहयात्री थियौँ
एकबार मिलेको भएत
सम्झियो सकियो ।
हाम्रो सम्बन्ध पनि भयो एक
लठ्ठी जस्तै
काहिँ टेक्दाटेक्दै भाचियो
अनि सकियो ।


















