प्राचिन “सुवर्ण प्रभाव सूत्रम्” को अनुदित ग्रन्थ विमोचित

37

ललितपुर/महायान बुद्धधर्मको प्राचिन पवित्र सूत्रग्रन्थ “सुवर्ण प्रभास सूत्रम्” को अनुदित पुस्तक विमोचन गरिएको छ । शनिबार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा आयोजित एक कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागकी प्रमुख उप-प्राध्यापक डा. जुनु बासुकला रञ्जितकारले ग्रन्थको विमोचन गर्नुभएको हो ।
नेपाल बौद्ध परिषद् तथा लुम्बिनी विश्वविद्यालय अन्तर्गत सञ्चालित सुगत बौद्ध महाविद्यालय, सञ्चालक समितिका संस्थापक अध्यक्ष महिश्वर राज बज्राचार्यद्वारा मूल संस्कृत तथा नेपाली भाषा सहित अनुवाद गरिएको ग्रन्थ चौथो शताब्दीमा लेखिएको अनुमान गरिएको छ ।
कार्यक्रममा बौद्ध विद्वान् डा. बज्रराज बज्राचार्य, अध्येता मिलन शाक्य र नेपालभाषा एकेडेमिका चान्सलर यज्ञरत्न धाख्वाः लगायतले पुस्तक सम्बन्धमा टिप्पणी र चर्चा गर्नुभएको थियो ।
तिब्बत, चीन, जापान लगायत पूर्वी एशियाली मुलुकहरुमा अत्यन्तै श्रद्धापूर्वक पढिने उक्त ग्रन्थ शासकदेखि सर्वसाधारणसम्मले पढेर आवश्यक ज्ञान लिन सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here