पराष्ट्रमन्त्री राणा देउवा आज भारत भ्रमणमा जाने

42

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जाने भएकी छिन्।

मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका लागि उनी आज भारत भ्रमणमा जान लागेकी हुन्।

उनका भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धनबारे छलफल गर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here