काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।
आज नेपालको खेल नरहे पनि नेपालको नजर भने यस खेल हुनेछ । किनभने नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । आज आफूअनकुल नतिजा आए नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ ।
यदि आज श्रीलंकाले बंगलादेशलाई पराजित गरेमा भने समूह चरण रोमाञ्चक हुनेछ ।
६ टोली सहभागी च्याम्पियनसिपमा तीन-तीन टोलीको दुई समूह बनाएर खेलाइएको छ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।


















